नवलपरासीबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ
नवलपरासी | असार ४, २०८१
नवलपरासी: नवलपरासीको प्रतापपुर गाउँपालिका–२ घोडाहास्थित सडकबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत महाराजगंज निपनिया बस्ने ३० वर्षीय उमेश यादव रहेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय बेलाटारी र इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५६ एवाई ५४५० नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको हो ।
उनको साथबाट अवैध लागुऔषध खैरो पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्राम बरामद गरेको छ । सो विषयमा थप अनुसन्धान भइरहेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

